३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

पछिल्लो २४ घण्टामा मुलुकभर थपिए २ सय ७४ कोरोना संक्रमित



काठमाडौं ।
बिहीबार देशभर कोरोनाका २ सय ७४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ ।

हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन् । त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ४ : ४० बजे