१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फुलह्याम प्रिमियर लिगमा बढुवा हुने यात्रामा, पुग्यो प्लेअफ फाइनलमा



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा बुढुवा हुने प्रयासमा रहेको फुलह्याम च्याम्पियनसिप प्लेअफको फाइनलमा पुगेको छ ।

बिहीबार राति भएको प्लेअफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफ सिटीसँग २-१ ले पराजित भएर पनि फुलह्याम समग्रमा ३(२ को जितसहित फाइनल पुगेको हो ।

बिहीबार रातिको खेलमा कार्डिफका लागि नेल्सन र टोमलिनले गोल गरे । फुलह्यामका लागि केबानोले एक गोल फर्काए ।

प्लेअफको फाइनलमा फुलह्यामले आउँदो मंगलबार बे्रन्टफोर्डको सामना गर्ने छ । सो खेलमा विजयी हुने टिम प्रिमियर लिगमा बढुवा हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७७ शुक्रबार ००:००  ७ : ४७ बजे