५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भारतमा एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।
भारतमा कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्याले दिनकै रेकर्ड बनाउँदै गएको छ । त्यही क्रममा हिजो एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार भारतमा अहिले १६ लाख ९५ हजार ९ सय ८८ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ लाख ६५ हजार १ सय ३ जनाको उपचार चलिरहेको छ । बाँकी १० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।

यस्तै हिजोमात्रै ७ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ५ सय ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  १२ : ३५ बजे