७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शनिबार थपिए ३ सय १५ कोरोना संक्रमित, संक्रमितको संख्या २० हजार नाघ्यो



काठमाडौं ।
नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ। यस्तै, शनिबार ९३ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन्।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  ४ : २५ बजे