१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

आर्सनल १४ औँ पटक एफए कपको उपाधि जित्न सफल



एजेन्सी ।
हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनलले जितेको छ ।शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा गोल गरे ।

क्रिष्टियन पुलिसिकले पाँचौँ मिनेटमा गरेको गोलबाट सुरुवाति अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन। ७३ औँ मिनेटमा कोभासिक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पूर्व खेलाडी मिकेल आर्तेताले प्रशिक्षकका रुपमा पहिलो सिजनमै प्रमुख उपाधि जितेका हुन्।यो खेललाई प्रशिक्षकबिचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो ।

त्यसमा बाजी आर्तेताले मारे। तर फ्र्यांक लाम्पार्डको टिमले पनि राम्रो प्रदर्शन गरेको थियो । प्रशिक्षकका रुपमा पहिलो सिजनमा लाम्पार्डले उपाधि भने जित्न सकेनन् ।जित निकालेको आर्सनलले आउँदो सिजन युरोपा लिगका लागि स्थान पक्का पनि गरेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ६ : २६ बजे