२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अब झाडापखाला लागेका व्यक्तिको पनि कोरोना परीक्षण हुने



काठमाडौं ।

सरकारले झाडापखाला लागेका व्यक्तिको पनि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (कोभिड १९) टेस्टिङ सम्बन्धी मापदण्ड परिमार्जन गर्दै उक्त निर्णय गरेको हो।

यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण गर्ने भनिएको थियो। यस्तै, संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका व्यक्तिहरूको पनि परीक्षण गर्ने भनिएको छ।

साथै, हवाइ मार्ग र स्थल मार्ग भएर विदेशबाट आउनेको पनि परीक्षण हुने भएको छ। फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको पनि परीक्षण गर्ने मापदण्डमा उल्लेख छ। यसरी परीक्षणको लागि सरकारले पिसिआर र आरडिटी विधि प्रयोग गर्ने भनेको छ।

यसअघि मन्त्रालयले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो। तर अहिले प्रयोग गर्ने भनेको आरडिटी भने ‘एन्टिजेन’ हो। यो किट दुई प्रकारको हुन्छ। एउटा एन्टिबडी र अर्को एन्टिजेन।

एन्टिबडीले शरीरमा संक्रमण भएपश्चात भाइरसविरूद्ध लड्ने एन्टिबडी बन्योरबनेन भनेर पत्ता लगाउँछ भने एन्टिजेनले संक्रमण नै छ छैन भनेर यकिन गर्छ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  २ : ०२ बजे