१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट यूएईमा गर्न भारतको स्वीकृति



एजेन्सी ।
भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल यूएईमा हुने पक्का भएको छ ।

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले यूईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत सरकारबाट अनुमति पाइसकेको थिएन । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ ।

आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्न पाइने नियम समेत बताएको छ । कोरोना महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो ।

एसिया कप र ट्वान्टी ट्वान्टी विश्वकप यस वर्ष स्थगित भएसँगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ७ : ५४ बजे