१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विश्वकप विजेता गोलकिपर कासिलासले लिए संन्यास



एजेन्सी ।
स्पेनिस क्लब रियल म्याड्रिड तथा स्पेनिस राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर तथा कप्तान इकार कासिलासले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

रियलबाट १६ वर्षमा उनले ७२५ खेल्दा पाँच ला लिगा र तीन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

यस्तै उनले स्पेनलाई २०१० को विश्वकप तथा २००८ र २०१२ को युरो कप जिताउन उत्कृष्ट खेलेका थिए ।

उनी सन् २०१५ मा रियल छाडेर प‍ोर्चुगिज क्लब पोर्टोमा आबद्ध भएका थिए ।

उनलाई अप्रिल २०१९ मा अभ्यासको क्रममा हृदयाघात भएकोमा थियो । उनले तीन महिनापछि कोचिङ स्टाफलाई हृदयाघातबाट बचाएको भन्दै धन्यवाद दिएका थिए ।

उनले पोर्टोका लागि ११६ खेल खेले । ट्विटरबाट संन्यासको घोषणा गर्दै ३९ वर्षीय कासिलासले सबैलाई धन्यवाद दिएका छन् ।

रियलका कीर्तिमानी गोलकिपर कासिलास ९ वर्षको उमेरमा क्लबमा आबद्ध भएका थिए ।

सन् २००० देखि २०१६ सम्म स्पेनिस राष्ट्रिय टिमका लागि उनले १६७ खेल खेले ।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  ६ : ५० बजे