३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

ड्याबालालाई सिरि ए प्लेयर अफ दी ईयर अवार्ड



एजेन्सी ।

युभेन्ट्सका फरवार्ड पाउलो ड्याबालाले सिरि ए प्लेयर अफ दी ईयरु अवार्ड प्राप्त गरेका छन् ।क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको ुप्लेयर अफ दी ईयरु अवार्ड हात पारेका हुन् ।


सिरि एले बार्षिक रुपमा प्रदान गरिने अवार्ड ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजन सो अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले सो अवार्ड प्राप्त गरेका थिए ।ईटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडीलाई मुल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो ।ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।

रोनाल्डो युभेन्ट्समा आएपछि ड्याबाला नयाँ भूमिकामा आफुलाई स्थापित गर्न प्रयासरत छन् । मौरिसियो सर्री युभेन्ट्स आएपछि ड्याबालालाई नयाँ जिम्मेवारी दिएका छन् ।

प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलार्ई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे ।रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसंग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।

प्रकाशित मिति : २१ श्रावण २०७७ बुधबार ००:००  ८ : ३८ बजे