३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

एकदिवसीय क्रिकेटः इंग्ल्यान्ड आयरल्याण्डसंग पराजित



एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड आयरल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित भएको छ ।साउथह्याम्पटनमा मंगलबार राति भएको खेलमा आयरल्याण्डले इंग्ल्यान्डलाई ७ विकेटले हराएको हो ।

एजेस बाउलमा इंग्ल्यान्डले दितेको ३ सय २९ रनको लक्ष्य आयरल्याण्डले ४९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।आयरल्याण्डको जितमा पाउल स्ट्रर्लिङले १ सय ४२ रनको शतकीय इनिङ्स खेल्दा कप्तान एन्डी बलब्रिनेले १ सय १३ रनको शतकीय इनिङ्स खेले ।

ह्यारी टेक्टर २९ तथा केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले १(१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले अलआउट हुँदै ३ सय २८ रन जोडेको थियो ।

इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । टम बानटनले ५८ रन जोड्दा डेभिड विलिले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।आयरल्याण्डका क्रेग योङले ३ विकेट लिए । यस्तै जोस लिटल र कुर्टिसले २र२ विकेट लिए ।अन्तिम खेलमा पराजित भएपछि इंग्ल्यान्ड सिरिज क्लिन स्विप गर्न असफल भएको छ ।

इंग्ल्यान्डले सिरिज भने २(१ ले जित्न सफल भएको छ ।
पहिलो खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै जिरिज २(० ले आफ्नो बनाएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७ बुधबार ००:००  ८ : ४३ बजे