५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज ।

वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान ज्यान गएको छ।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए। ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको मेसु उपाध्यायले बताए।

उनी हिजो मंगलबार मात्रै अस्पतालमा भर्ना भएका थिए। साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो आएपछि हिजो मंगलबार नै अस्पतालमा भर्ना भएका ती पुरुषको आज बुधबार बिहान ज्यान गएको हो। यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ।

वीरगञ्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएपछि त्यहाँ कोरोना संक्रमितको ज्यान गएको यो पहिलो घटना हो। गत साउन १७ गते मात्रै हेल्थ केयर अस्पताललाई कोभिड अस्पताल बनाइएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७ बुधबार ००:००  ११ : ५७ बजे