२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

युरोपा लिग फुटबलः इन्टर मिलान र युनाइटेड क्वाटरफाइनलमा



एजेन्सी ।
इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

राति भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २ शून्य गोलले तथा म्यानचेस्टर युनाइटेडले लास्कलाई २-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगमा म्यानयूले लास्कलाई २-१ ले हराउँदै समग्रमा ७-१ को जीत निकालेको हो ।

इन्टर मिलानको जितमा लुकाकु र क्रिस्टियन इरिक्सनले एकरएक गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा लुकाकुले सुरुवाती गोल गरेका थिए ।त्यस्तै दोस्रो गोल भने इरिक्सनले खेलको ८३ औं मिनेटमा गरेका थिए ।

त्यस्तै युनाइटेडको जितमा जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एकरएक गोल गरेका थिए भने लास्कका लागि भने एक गोल फिलिप विएसिंगरले गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ७ : ३३ बजे