२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

कोभिड-१९ नियन्त्रणमा लाग्न कार्यकर्तासामु नेकपा कपिलवस्तुको अपिल



मायादेवी अनलाइन, चार नम्बर ।
कोभिड- १९ का कारण सिंगो राष्ट्र नै आक्रान्त बनेको परिपेक्षमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आब्हान गरेको लकडाउनसंगै नेकपा कपिलवस्तुले आफ्नो दैनिक सेवालाई बन्द गरेको जनाएको छ ।

तौलिहवास्थित आफ्नो जिल्ला पार्टी कार्यालयबाट प्रवाह गर्दै आएको दैनिक सेवा तथा गतिविधी लकडाउन अवधीभरका लागि बन्द गर्ने निर्णय गरेको नेकपाका जिल्ला पार्टी कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।

यसैबीच नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोभिड-१९ बाट आफु सुरक्षित रहन र समुदायलाई सुरक्षित राख्ने कार्यमा सक्रिय रहन विज्ञप्ती मार्फत कार्यकर्तामा अपिल गरेको छ ।

जारी विज्ञप्तीमा कोभिड नियन्त्रण सबैको साझा प्रयत्नबाट मात्र संभव रहेको उल्लेख गर्दै यसको नियन्त्रणमा आम नागरिकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैमा सचेत रहन अपिल गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २३ श्रावण २०७७ शुक्रबार ००:००  ६ : ०० बजे