१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अटो व्यवसायी पौडेलको उदाहरण, जन्मोत्सवमा वाल गृहमा खाद्यान्न वितरण



मायादेवी अनलाइन, चार नम्बर ।
भड्किलो र खर्चिलो जन्मदिन मनाउने परम्परामाथि क्रमभङ्ग गर्ने क्रमको अभियानमा बाणगंगाका वरिष्ठ समाजसेवी नारायण पौडेल पनि जोडिनु भएको छ ।

श्री सिद्धार्थ टे्र्डस (हिरो बाइकको कपिलवस्तुको आधिकारिक डिलर) का सञ्चालक रहनु भएका ब्यवसायी पौडेलको ३९ औँ जन्मोत्सवको अवसरमा लायन्स क्लव अफ कपिलवस्तुले सयपत्री क्याम्पसमा आयोजना गरेको कार्यक्रम पछि तौलिहवा पुगी पौडेलले वाल गृहलाई बिभिन्न खाद्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

पौडेलले बाल गृह सञ्चालक समिति अध्यक्ष राम प्रसाद अर्याललाई १ क्युटल चामल , १ वोरा चिउरा, १ वोरा , सोयावोडी, ५ लिटर तेल , ५ किलो दाल हस्तान्तरण गर्नु भएको थियो ।

सफल अटो व्यसायीका रुपमा रहनु भएका पौडेलले आफूले गरेको सानो सहयोग सही स्थानमा सदुपयोग हुनेमा विश्वास गर्नु भयो । लायन पौडेलले महंगो र भड्किलो गरी मनाईने जन्मदिनले समाजमा असमानता र विभेद सिर्जना गर्ने हुँदा कसैले पनि त्यस्तो गर्न नहुने बताउनु भयो ।

समाजमा आइकन बनेका व्यक्तिहरुको सिको (अनुकरण) अरुले गर्ने हुँदा प्रतिष्ठा कायम गरेका व्यक्तिबाटै यस्ता कार्यको शुभारम्भ हुनु पर्ने उहाँको भनाई छ । आफ्नो ३९ औँ वसन्तमा आफ्नो बाल गृहलाई सम्झेर सहयोग गरेकोमा अध्यक्ष अर्यालले पौडेललाई विशेष धन्यबाद दिनुभयो । यो सहयोग सामग्री बालबालिकाको लागि नै प्रयोग गरिने उहाँको प्रतिवद्धता छ ।

लायन्स क्लव अफ कपिलस्तुका अध्यक्ष सुरेन्द्र घिमिरको अध्यक्षता , सचिव राम सुवागे थारुको सञ्चलनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जोन चेर्य पर्सन कृष्ण केसीले मानवीय कार्य गरेर जन्मदिन मनाउने पौडेलको सोँचलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा लायन्समा आवद्ध अन्य सदस्यको पनि सहभागिता थियो । पछिल्लो समय बाणगंगा क्षेत्रमा सामाजिक र मानवीय कार्य गरेर जन्मदिन मनाउने अभियान नै चलेको छ । युवा, विद्यार्थी, पत्रकार, समाजसेवीदेखि राजनीतिकर्मीले पनि यस्तो कार्य गरी जन्मदिन मनाइरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  २ : ५४ बजे