१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नेकपा प्रदेश ५ कार्यालय सिल



बुटवल
बुटवलस्थित नेकपाको प्रदेश ५ कार्यालय शिल गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ का नेकपाका एकजना सदस्यलाई शनिबार कोरोना संक्रमण भेटिएपछि पार्टी कार्यालय सिल गरिएको हो ।

नेकपा बुटवल नगर कमिटी अध्यक्ष बाबुराम पन्थीले शनिबार कोरोना संक्रमण पुष्टि भएका पार्टी सदस्य कार्यालयमा आउने जाने भएकोले आइतबारदेखि ७२ घन्टाका लागि कार्यालय सिल गरिएको जानकारी दिए ।

संक्रमित व्यक्ति पछिल्ला १० दिनमा दुई पटक कार्यालयमा आएका थिए। दूरी कायम गरेको भए पनि पार्टी कमिटी बैठक भइरहेको र उनी पनि सहभागी भएकोले उनीसँग सिधै सम्पर्कमा आएका र पार्टी कार्यालयमा आएकालाई सतर्क रहन पन्थीले आग्रह गरे ।

संक्रमण पुष्टि भएका व्यक्ति आफन्त बिरामी भएपछि केही दिन चितवन बसेका थिए। उनलाई चितवनबाटै संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । उनीसँग सम्पर्कमा आएकाको खोजी गरी होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको पन्थीले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ४ : ०५ बजे