८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतले भन्यो– ‘बुद्ध नेपालमै जन्मिएका हुन्, यसमा शङ्का छैन’



काठमाडौं ।
भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस. जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।

त्यसलगतै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै बुद्ध नेपालमै जन्मिएको, यो विवादरहित, इतिहास र पुरातात्विक तथ्यमा आधारित भन्दै खण्डन गरेको थियो ।

नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको विवादास्पद टिप्पणी सच्याएको हो ।

‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’, भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १० : ११ बजे