१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुमा एक प्रध्यानाध्यापकसहित १० जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा सोमबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा लगातार जसो संक्रमित थपिन थालेका जिल्लामा सोमबार थप १० जना थपिएका हुन् ।

जसमध्ये एक जना प्रधानाध्यापकमा कोरोना देखिएको छ । यद्यपि उनी कुल विद्यालयका हुन् खुलाइएको छैन् । यस्तै कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभूमि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै समुदायस्तरबाट लिइएको स्वाब मध्येबाट कोरोना देखिएको जनाइएको छ । कोरोनाका विरामी बढ्दै जान थालेपछि सोमबार राति १२ बजेदेखि साउन मसान्त ३२ गतेसम्म पूर्ण रुपमा जिल्लामा लकडाउन जारी गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ५ : ५० बजे