१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु सामुदायिक अस्पतालमा रोटरी र रोट्र्याक्टको वृक्षरोपण



मायादेवी अनलाइन, चार नम्बर ।
रोटरी र रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले आज बाणगंगामा वृक्षरोपण गरेको छ । विश्व भूसंरक्षण दिवसको अवसर पारी वडा नम्बर ४ मा रहेको कपिलवस्तु सामुदायिक अस्पतालको प्राङ्गणमा वृक्षरोपण गरिएको हो ।

वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले महत्वपूर्ण विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब एक सय कपुर, धुपी, लगायतका बहुमुल्य विरुवाहरु रोप्ने लक्ष्य राखिएको क्लवले जनाएका छन् ।

प्रशष्त अक्सिजन वायु दिने खालका विरुवा रोपेर अस्पताललाई हरियालीयुक्त बनाउन र नगरलाई हराभरा बनाउन सन्देश दिने उदेश्यले वृक्षरोपण गरिएको दुवै क्लवले जनाएका छन् ।
भू संरक्षण दिवस पनि आजै वातावरण जोगाउने थप सन्देश दिएको प्रमुख अतिथि क्षेत्रीले बताउनु भयो ।

उहाँले बिभिन्न मानवीय र सामाजिक सेवासंगै बातावरणीय सरसफाइमा पनि क्लवले राम्रो काम गरेको भन्दै प्रसंसा गर्नुभयो । हरेक बर्ष अस्पतालमा यस्तो कार्य गर्ने गरेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष राम जी सेनले क्लवलाई धन्यबाद दिनु भयो ।

विगतमा रोपिएका विरुवाका संरक्षण हुन नपाएर नोक्सान हुन नपाएकाले हरेक विरुवालाई यसपटक जाली नै लगाएर संरक्षण हुने गरी विरुवा रोपिएको रोटरी क्लवका वर्तमान अध्यक्ष नरेश पौडेलले बताउनु भयो ।

कार्यक्रममा चार्टर प्रेसिडेन्ट लक्ष्मण अधिकारी, पास्ट प्रेसिडेन्ट बासुदेव घिमिरे, आइपीपी वीरेन्द्र खाँण, रोटर्याक्टका चार्टर्ड प्रेसिडेन्ट माधव पौडेल, रोटर्याक्टका अध्यक्ष बेदुराम पोख्रेल, अस्पताल विकास समितिका हरि गैरे,शंकर आचार्य लगायतको सहभागिता रहेको थियो ।

रोटरीका वर्तमान अध्यक्ष नरेश पौडेलको अध्यक्षता, रोटरियन मोहन बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा चार्टर प्रेसिडेन्ट अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रोटरी र रोटर्याक्ट अभियानमा जोडिएका सदस्यको सहभागिता थियो ।

कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गरी वृक्षरोपण गरिएको थियो । वृक्षरोपणसंगै वरिपरिको बातावरण पनि सफा गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  १० : २५ बजे