१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अब यी १० नाकाको प्रयोग गरी भारतबाट नेपाल आउन पाइन्छ



काठमाडौं ।
सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले दिएको जानकारीअनुसार भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ७ : ०२ बजे