१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

रुसमा बन्यो पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप



एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई कोरोनाको संक्रमण भएको र उक्त भ्याक्सिनले निको भएको बताएका छन् । यो खोप संक्रमितलाई प्रयोगका लागि स्वीकृति दिइएको हो ।

उनले विश्वमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको समेत बताए । उनले भने, ‘मेरी छोरी कोरोना भाइरसबाट संक्रमित थिइन्, यो खोप लगाएपछि अहिले ठीक भइन् ।’

राष्ट्रपति पुटिनले संसारमा पहिलोपटक रसियामा नयाँ कोरोना भाइरसको भ्याक्सिन विकास गर्न सफल भएको खुशी व्यक्त गरे । ‘आज संसारमै पहिलोपटक रसियामा यो भाइरसको खोप पत्ता लगाएको घोषणा गरेका छौं,’ उनले भने ।

रसियाले केही समययता कोरोना भाइरसको खोप विकास गर्न मेहनत गरिरहेको थियो । अर्को महिनादेखि प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७ मंगलबार ००:००  ७ : १५ बजे