६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेकपा सचिवालय बैठक भोलि



काठमाडौँ ।

नेकपा सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ। नेकपाभित्रको आन्तरिक विवाद केही मथ्थर भइरहेका बेला सोमबार बिहान साढे ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो।

पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो। सचिवालय बैठकपछि यसै हप्ता मन्त्रीसमेत हेरफेर हुने चर्चा राजनीतिक वृत्तमा चलेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  १ : ५६ बजे