५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रक्षा मन्त्रालयले भन्योः नेपाली सेनासँग कुनै प्रकारको विवाद र मतभेद छैन



काठमाडौं ।
रक्षा मन्त्रालयले मन्त्रालय र नेपाली सेनाको बीचमा कुनैपनि विषयमा कुनै प्रकारको विवाद तथा मतभेद नरहेको स्पष्ट पारेको छ । आज मन्त्रालयका सहसचिव एवं प्रवक्ता कृष्ण प्रसाद ज्ञवालीले एक विज्ञप्ती निकाल्दै यस्तो स्पष्ट पारेका हुन् । विज्ञप्तीमा भनिएको छ,‘माननीय उपप्रधान तथा रक्षामन्त्री र नेपाली सेनाका प्रधानसेनापतिबीच नियमित भेटघाट चलिरहेको र आवश्यकत्ता अनुसार नीतिगत विषयमा छलफल परामर्श भइरहेको स्पष्ट पारिन्छ ।’

विज्ञप्ती

‘समिक्षा बैठकको दौरान नेपाली सेनाका प्रधान सेनापतिले आफ्नो मन्तव्यको क्रममा राख्नुभएको विषय र माननीय उपप्रधानमन्त्रीले निर्देशनको क्रममा व्यक्त गर्नुभएको विचारलाई विरोधाभाषी वनाई उहाँहरुको आशयविपरित कपोलकल्पित, भ्रामक र मनगढन्ते तरिकाले समाचार प्रकाशन तथा प्रसारण भएकोमा मन्त्रालय गम्भीर आपत्ति व्यक्त गर्दछ ।’–विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ९ : ३६ बजे