६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी



काठमाण्डौ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक बालुवाटारमा सुरु भएको पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि सुरु भएको छ ।

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो । गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन ।

प्रकाशित मिति : १ भाद्र २०७७ सोमबार ००:००  १० : ५८ बजे