२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

नेकपाद्धारा गठित कार्यदलले प्रतिवेदन ओली–प्रचण्डलाई बुझायो



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको समस्य समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । गत साउन ३० गते पार्टीभित्रको विवाद समधानका लागि सुझाब दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले शनिबार अपरान्ह पौने ५ बजे आफ्नो प्रतिवेदन बुझाएको हो ।

शनिबार बालुवाटारमा कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै दुई अध्यक्षलाई बुझाएको हो । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७ शनिबार ००:००  ५ : ४९ बजे