२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कीर्तिमानी धावक बोल्टलाई कोरोना, उनले जन्म दिनमा पार्टी गरका थिए



एजेन्सी ।
कीर्तिमानी जमैकन धावक युसेन बोल्टलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।जमैकाको रेडियो नेसनवाइड रेडियोले कीर्तिमानी धावक बोल्टलाई कोरोना संक्रमण भएको जनाएका छन् ।३४ वर्षीय धावक बोल्टले जमैकामा जन्म दिनको पार्टी गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको डेलीमेल अनलाईनले जनाएको छ ।

उक्त जन्म दिनको पार्टीमा म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका स्टार रहिम स्ट्रर्लिङ समेत सामेल भएको डेलीमेलले जनाएको छ ।यस्तै बायर लिवरकुसेनका लियोन बेलीको समेत उपस्थिति रहेको बताईएको छ ।

कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेको बताईएको छ ।बोल्टले ट्रयाक एन फिल्डबाट तीन वर्षअघि सन्यास लिएका थिए । इंग्ल्यान्डमा भएको विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए ।

शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ८ : १० बजे