५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु



महोत्तरी ।

महोत्तरीमा आज थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको मनरा शिस्वा नगरपालिका–५ का एक जना ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। आज उनलाई जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो ।

उनी क्यान्सर रोगबाट ग्रसित थिए। यसैबीच जिल्लाको बल्वा नगरपालिका–३ का एक जना ६६ वर्षीय पुरुषको समेत आज कोरोनाबाट मृत्युु भएको छ।

योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिएका छन्।

प्रकाशित मिति : ९ भदौ २०७७ मंगलबार ००:००  ३ : ५२ बजे