१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो, २४ घन्टामा थप ७ को मृत्यु



काठमाडौँ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । १ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् । त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ६ : १७ बजे