७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

इंग्ल्याण्डको टिमबाट निकालिए ह्यारी मागुइरी



एजेन्सी ।
म्यानचेस्टर सिटीका कप्तान ह्यारी मागुइरीलाई प्रशिक्षक ग्यारेथ साउथगेटले इंग्ल्याण्डको टिमबाट बाहिर राखेका छन् । ग्रिक आइल्याण्ठ सिरोसमा प्रहरीसँगको तनावका कारण केही दिन जेलमा परेका मागुइरीलाई प्रशिक्षक साउथगेटले राष्ट्रिय टिमबाट बाहिर राखेका हुन् । २७ वर्षका डिफेन्डरलाई साउथगेटले मंगलबार सुरुमा टिममा राखेका थिए ।

सुनुवाईपछि उनी आक्रोशित आक्रमण, गिरफ्तारीको विरोध तथा बारम्बार घुसघोरीको प्रयासमा दोषी ठहर भएर निलम्बित जेल जसाय दिइयो। मागुइरीलाई २१ महिना १० दिनको जेल सजाय भएको छ । यो जेल सजाय तीन वर्षका लागि निलम्बित छ ।

मागुइरीलाई टिमबाट निकाल्नु सबैको हितमा रहेको साउथगेटले बताएका छन् । साउथगेटले मागुइरीलाई टिममा राखेको पाँच घण्टापछि निर्णय परिवर्तन गरेका हुन् । मागुइरीले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । उनले आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  ७ : २७ बजे