२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

२४ घण्टामा थपिए ८ सय ८५ कोरोनाका संक्रमित, ३ सय ८५ डिस्चार्ज



काठमाडौं ।

बुधबार देशभर कोरोनाका ८ सय ८५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

विगत २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। आज मात्रै १३ हजार २ सय ५३ जनाको पिसिआर गरिएको छ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  ४ : ४१ बजे