२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कोरोना संक्रमणः एकै दिन देशभर ११ जनाको मृत्यु



काठमाडौं ।
नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताउनुभयो । यस्तै कैलालीमा ४५ र ५० वर्षिय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

थप ८८५ जनामा कोरोना संक्रमण

यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७ बुधबार ००:००  ९ : ४७ बजे