४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रोनाल्डोले जिते युईएफए गोल अफ दि सिजन अवार्ड !



एजेन्सी ।

इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए गोल अफ दि सिजन अवार्ड जितेका छन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनु मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो ।रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २(१ ले जितेको थियो ।

तर, पहिलो लेगमा १-० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।अवार्ड जित्ने क्रममा रोनाल्डोको गोलले सर्वाधिक मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ६ : ५५ बजे