७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

ब्राभो बने टी २० क्रिकेटमा ५ सय विकेट लिने पहिलो बलर



एजेन्सी ।
वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले टी २० क्रिकेटमा पाँच सय विकेटको कोशेढुङ्गा पार गरेका छन् ।

बुधबार राति भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को १३ औं खेलमा ट्रिन्बागो नाइटराइडर्सका ब्राभोले सेन्ट लुसिया जुक्सविरुद्धको खेलमा ओपनर रखिम कार्नवाललाई आउट गर्दै ५ सय विकेट पूरा गरेका हुन् ।

ब्राभोले यो उपलब्धि ४ सय ५९ खेलमा पाएका हुन् । यो सँगै उनी टी २० क्रिकेटमा ५ सय विकेट लिने पहिलो र एक्ला बलर बनेका छन् । ब्राभोपछि टी २० मा ३९० विकेट लिने श्रीलंकाका लासिथ मालिंगा दोस्रो खेलाडी हुन् ।

ब्राभोले आफ्नो करिअरमा सबैभन्दा धेरै पोलार्डलाई आउट गरेका छन्। उनले केइरन पोलार्डलाइ ९ पटक आउट गरिससकेका छन् । ब्राभोले ५ सय विकेट पूरा गरेकै दिन सीपीएलमा १ सय विकेट पनि लिएका हुन् । सीपीएलमा १ सय विकेट उनी एक्लो खेलाडी हुन् ।

ब्राभोले आफ्नो टी-२० करिअरमा २१ वटा अलग अलग टिमबाट खेलेका छन् । यो समयमा उनले ४ सयभन्दा बढी खेलाडीसँग टी-२० खेलिसकेका छन् भन् ३१२ खेलाडीलाई आउट गरिसकेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ७ : २१ बजे