५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मेस्सीको पहिलो रोजाई म्यानचेस्टर सिटी




एजेन्सी ।
लियोनल मेस्सी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुन चाहेको उनका पिताले बताएका छन्।

मेस्सीका पिताले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई उनी म्यानचेस्टर सिटीबाट खेल्न चाहेको बताएको फ्रान्सेली पत्रिकाले खबर छापेका छन् ।

३३ वर्षका मेस्सीले गएको मंगलबार बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए । त्यसयता विश्वका ठूला र धनी फुटबल क्लबबिच मेस्सीलाई भित्र्याउने होडबाजी चलेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७ शनिबार ००:००  ८ : ४२ बजे