१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आईपीएल खेल्न युएई पुगेका दुई खेलाडीसहित १३ मा कोरोना संक्रमण



एजेन्सी ।

दुबई इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएई पुगेका दुई खेलाडीसहित १३ जनामा कोभिड–१९ पुष्टि भएको छ। शनिबार विज्ञप्ति जारी गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले सो जानकारी दिएको हो।

‘२ खेलाडीसहित १३ अधिकारीको रिपोर्ट पोजिटिभ आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संक्रमित सबै अधिकारीमा लक्षण देखिएको छैन र उहाँहरूलाई टोलीका अन्य सदस्यभन्दा अलग्गै राखिएको छ।’

चेन्नाई सुपर किङ्सका १० बढी सदस्यमा कोरोना पुष्टि भएको एक दिनपछि बीसीसीआईले विज्ञप्ति जारी गरेको हो। भारतीय सञ्चार माध्यमका अनुसार चेन्नाईका एक खेलाडीको शनिबार रिपोर्ट पोजिटिभ आएको हो।

केही समय अगाडि चेन्नाईले आफ्नो खेलाडी सुरेश रैना व्यक्तिगत समस्याका कारण स्वदेश फर्किएको जनाएको थियो। त्यसलगत्तै बीसीसीआईको विज्ञप्ति आएको हो। यससँगै सेप्टेम्बर १९ देखि हुने यो सिजनको आईपीएलका सबै खेल उनले गुमाउने भएका छन्। यस सिजनको आईपीएलको मिति कोरोना महामारीका कारण आयोजकले सार्दै आएको थियो।

प्रकाशित मिति : १३ भदौ २०७७ शनिबार ००:००  ४ : ३८ बजे