४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

विश्व नम्बर एक जोकोभिच च्याम्पियन



एजेन्सी ।

विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १-६, ६-३ र ६- ४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए ।

महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् ।फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् ।

फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् । बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ६ : १८ बजे