४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सन्दिपले २ विकेट लिँदा जमैकाको अर्को जित



एजेन्सी ।
वेस्ट इन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले तेस्रो जित हासिल गरेको छ ।उसले तेस्रो जित सेन्ट किट्स पेट्रिएट्स विरुद्धको खेलमा हासिल गरेको हो । आज बिहान भएको खेलमा जमैकाले किट्सलाई ३७ रनले हराउन सफल भयो ।

जमैकाले दिएको १ सय ४८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पेट्रिएट्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुइस र कायरण पावेलले सर्बाधिक २१र२१ रन बनाए । बलिङमा जमैका टिमका कार्लोस ब्रार्थवेटले ३, सन्दीप लामिछाने, वीरस्यामी परम्युल, फिदील इड्ररिसले २ र २ र मुजीबउर रहमानले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाए ।

प्रकाशित मिति : १४ भाद्र २०७७ आइतबार ००:००  ८ : ०० बजे