७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

थप ८९९ जनामा कोरोना सङ्क्रमण, ५८८ जना डिस्चार्ज



काठमाण्डौ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार चार सय ६० पुगेको छ । गएको २४ घण्टामा आठ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार एक सय १९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ९९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार चार सय १० पुगेको छ ।

अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  ४ : ३३ बजे