६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

एसी मिलानसँग जाल्टन इब्राहिमोविचले गरे एक वर्षको सम्झौता



एजेन्सी ।
जाल्टन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको सम्झौता गरेका छन् । गएको जवनरीमा एसी मिलान फर्किएका इब्राहिमोविचले एक वर्ष अनुबन्धन लम्याउने गरी सम्झौता गरेका हुन् ।

उनले जनवरी यता एसी मिलानका लागि सबै प्रतियोगितामा गरेर ११ गोल गरे । उनले सिरी ए का १८ खेलमा १० गोल गरेका हुन् । ३८ वर्षका इब्राहिमोविचले सोमबारदेखि टिमका खेलाडीहरुसँग प्रि–सिजन प्रशिक्षण सुरु गरेका छन् ।

उनी सन् २०१० मा पहिलो पटक एसी मिलानबाट खेलेका थिए र सो सिजन लिग उपाधि जितेका थिए । उनले सिरी ए का युभेन्टस, इन्टर मिलानबाट पनि खेले । यस्तै पेरिस सेन्ट–जर्मेन, म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीबाट पनि उनले खेलेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  ६ : ४९ बजे