५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

फुटबलर डेभिड सिल्भालाई पनि कोरोना संक्रमण पुष्टि



एजेन्सी ।
स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो ।

कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।

स्पेनिस मिडफिल्डर सिल्भाले दुई साताअघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए । ३४ वर्षीय सिल्भा म्यान्चेस्टर सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् ।

सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए । उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए ।

उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए । र, सिटीलाई सन् २०१३, १८, १८ र १९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सिल्भाले दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका थिए । सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  ६ : ५४ बजे