५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चितवनः अस्पताल चाहार्दा चाहार्दै तीन जना कोरोना संक्रमितको निधन



काठमाडौं ।
चितवनको भरतपुर अस्पतालमा सोमबार राति ज्यान गएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला छन् भने ६५ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चाहार्दा चाहार्दै भरतपुर अस्पताल पुगेका थिए ।

चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका थिए ।

उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको हो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीकाअनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७ मंगलबार ००:००  ९ : ०० बजे