७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बार्सिलोना छोडेर इभान रेकिटिक सेभिल्लामा अनुबन्धित



एजेन्सी ।

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर इभान रेकिटिक आफ्नो पुरानो क्लब फर्किएका छन्। इभानले अर्को ला लिगा क्लब सेभिल्लासँग चार वर्षको सम्झौता गरेका हुन् । ३२ वर्षका इभान सन् २०११ को जनवरीदेखि २०१४ को जुनसम्म सेभिल्लाबाट खेलेका थिए ।

त्यसपछि बार्सिलोना गएका उनी ६ वर्ष बिताएर फेरि पुरानै क्लब फर्किएका हुन् । बार्सिलोनाबाट उनले चारपटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगसहित १३ वटा उपाधि जितेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७ बुधबार ००:००  ६ : ५३ बजे