२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कपिलवस्तुमा बढ्यो काठको चोरीनिकासी



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाइरसको जोखिमका बेला अवैध फँडानी बढेको छ । महामारीको मौका छोपी अवैध फँडानी गर्ने गिरोह रािष्ट्रय वन र साझेदारी वन क्षेत्रमा पसेका छन् । पछिल्लो पाँच महिनामा वन फँडानीका थुप्रै घटना बाहिर आएका छन् । वन तस्कर आफ्ना बन्दोबस्तीका समानसहित वनमा पसेका हुन् । उनीहरूले हरिया रूख फँडानी गरेर त्यसलाई गोलिया बनाई निकासी गर्ने गरेका छन् । लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कर्यालयले वन क्षेत्रमा गस्ती गरेको बताए पनि अवैध फँडानी भने रोकिएको छैन् ।

डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन स्यान्डिल्यले लकडाउनका बेला वन क्षेत्र गस्ती बढाइएको बताए । तर पनि काठ गिरोह वन पसेको उनले बताए। तस्कारहरूले हरिया रूख कटानी गरी निकासी गर्ने गरिएको पाइएको छ । लकडाउनको अवधिमा आधा दर्जनभन्दा बढी वन फँडानीको घटना बाहिर आएको उनले बताए । तस्करहरूको निसानामा साझेदारी र राष्ट्रिय वन परेका छन। अहिले सबैभन्दा बढी बाणगंगा नगरपालिका–१० पटनामा रहेको मायादेवी साझेदारी वनमा तस्करहरू पसेको स्थानीय बताउँछन् ।

मायादेवी साझेदारी वनमा जिल्लाकै सबैभन्दा बढी वन अतिक्रमण भएको छ । त्यहाँ करिब ३ हजार हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ । त्यसकारण पनि तस्करहरूले त्यही वनमा आँखा गाडेका छन् । गत वैशाख तेस्रो सातादेखि लकडाउनका कारण वनतर्फ अलि कम निगरानी गरिएको थियो । तर एक साताअघिबाट फेरि संयुक्त वन गस्ती भएपछि पटनाको गलहीबाट बुधबार दुई थान सालका हरिया काठसहित चारवटा मोटरसाइलक बरामद गरिएको अधिकृत स्यान्डिल्यले बताए । दुईवटा मोटरसाइकलको नम्बर प्लेट नै नभएकाले चोरीको हुन सक्ने बताइएको छ। अन्य दुईवटा मोटरसाइकल भने लु५प १२०५ र लु१४प २३६ नम्बरका छन् । सशस्त्र र वनका संयक्त गस्ती टोलीले काठ र मोटरसाइकल बरामद गरेको हो ।

लकडाउनको अवधिमा आधा दर्जनभन्दा बढी वन फँडानीको घटना बाहिर आएको उनले बताए । तस्करहरूको निसानामा साझेदारी र राष्ट्रिय वन परेका छन् । अहिले सबैभन्दा बढी बाणगंगा नगरपालिका–१० पटनामा रहेको मायादेवी साझेदारी वनमा तस्करहरू पसेको स्थानीय बताउँछन् ।
उता गत वैशाख १७ गते मायादेवी साझेदारी वनमा सालका हरिया रूख फँडानी गरी तीनवटा गोलिया बनाइराखेका २०.३७ घनाफिट काठ बरामद गरिएका थियो । सो कार्यमा प्रयोग भएको लु २८ प ३९४१ नम्बरको मोटरसाईल समेत बरामद गरीएको छ । घटनामा संलग्नहरू भने फरार भएका थिए । गत वैशाख १५ गते मायादेवी साझदारी वनमा अवैध निकासी गरिरहेको अवस्थामा एक मोटरसाइकलसहित सालको ८.६१ घनाफिट गोलिया काठ तथा दुईजना पक्राउ परेका थिए । लु१८प २१७८ नम्बरको मोटरसाइकल र दुई नाबालक पक्राउ परेका थिए ।

त्यस्तै गत वैशाख ११ गते बाणगंगा नगरपालिका-१० स्थित मायादेवी साझेदारी वनमा भलेरियादेखि भावपुर जाने बाटोमा पर्ने स्थानमा सालको रूख ढालियो । तस्कारहरूले रूख काटेर सातवटा गोलयिा बनाएका थिए । चोरी निकासी गर्न लुकाईछिपाई राखिएको अवस्थामा सात थान गोलियाको ३५.७४ घनाफिट काठ बरामद गरिएको थियो । तस्कहरहरू भने फरार भएका थिए । वैशाख ९ गते कृष्णनगर नगरपालिका–११ कप्तानगन्जको सागवनको बगैंचामा लुकाईछिपाई राखिएको अवस्थामा सिसौंका पाँचवटा गोलिया बरामद भएको थियो । सशस्त्र प्रहरीले बरामद गरेको सो काठ गौतम बुद्ध साझेदारी वनलाई बुझाइएको थियो ।

लकडाउनको समयमा चोरी तस्करी र वन अतिक्रमण पनि बढिरहेको वन क्षेत्रमा गस्ती बढाइएको मायादेवी साझेदारी वन समूहका अध्यक्ष अजिज खाँले बताए । डिभिजन वन कार्यालय कपिलस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेलले वन क्षेत्रमा बढाइएको निगरानीले अहिले वन जोगिएको दाबी गरे । ‘लकडानउमा फँडानी गर्न खोजिए पनि हामीले वन क्षेत्रमा गरेको गस्तीले धेरै हदसम्म फँडानी रोकेको छ,’ उनले भने ।

प्रकाशित मिति : २० भदौ २०७७ शनिबार ००:००  ९ : १७ बजे