१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मेरो सरकार !



कविता

सुकुम्बासी बस्तीमा डोजर चल्दा
मजदुर सडक पेटिमा छटपटिएको देख्दा
गरीब रोग सङ्गै भोकले तड्पिएको देख्दा
आम नागरिकको
मरेपछिको रिपोर्ट आएको सुन्दा
भित्रभित्रै उकुसमुकुस हुन्छ
तर
म बोल्नु हुदैन
किनकी यो मेरो सरकार हो ।

बिरामीले उपचार नपाउँदा
किसानले मल नपाउँदा
पहुँच बिना सेवा नपाउँदा
भित्रभित्रै जलन हुन्छ
तर
म बोल्नु हुदैन
किनकी यो मेरो सरकार हो ।

न्यायको खरिद बिक्री
कर्मचारी को घुर्की
आसेपासेको नियुक्ति
तर म बोल्नु हुदैन
किनकी
यो मेरो सरकार हो ।

कपिल पौडेल
बाणगंगा नगरपालिका वडा नम्बर ४ कपिलवस्तु ।
उहाँ युवा ब्यवसायी हुनुहुन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७ आइतबार ००:००  १० : ११ बजे