८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

हाँगा काट्दा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु



चितवन

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ।कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो।

गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए। सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए।

प्रकाशित मिति : २७ भदौ २०७७ शनिबार ००:००  ३ : ३३ बजे