२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

२४ घण्टामा थपिए १ हजार २०२ कोरोना संक्रमित



काठमाडौं ।

शनिबार थप १ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ८५२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३३६ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : २७ भदौ २०७७ शनिबार ००:००  ४ : २६ बजे