५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघ्यो



काठमाडौं ।
आइतबार देशभर थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ हजार १७३ जना कोरोनाबाट निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ३८ हजार ६९७ जना कोरोनाबाट निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ३ सय ४५ जना मृतकमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ९ हजार १६५ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७ आइतबार ००:००  ५ : २६ बजे