कपिलवस्तु वाणगंगाको बिनायक सहकारीद्वारा सबै शेयर सदस्य र कर्मचारीको कोरोना बीमा


मायादेवी अनलाइन, चारनम्बर ।
श्री बिनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य र कर्मचारीको गरी एक लाख बराबरको कोरोना बीमा गरेको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ४ चारनम्बरस्थित कार्यालय रहेको विनायकले कोरोना महामारीलाई मध्यनजर गर्दै आफ्ना सेयर सदस्य लगायत २ जना कर्मचारीहरुको गरी १ लाख बराबरको कोरोना सामुहिक बीमा गरेको हो ।

कोभिड–१९ को बिमा चार नम्बर जीतपुरमा रहेको नेको इन्सुरेन्सबाट गरिएको र यस कोरोना बीमाको बीमालेख अवधि १५ दिन पछिबाट शुरु भई २०७८ अषाढसम्म लागु हुने सहकारीका अध्यक्ष राम प्रसाद गैरेले जानकारी दिनुभयो ।

यो अवधिमा कुनै सदस्यमा कोरोना परीक्षणको नतीजा पोजेटिभ आएमा १ लाख नगद भुक्तानी गर्ने नेको इन्सुरेन्सले जनाएको सहकारीका सचिव खिमानन्द पौडेलले बताउनु भयो ।

बीमा योजनामा समाबेश भएका सेयर सदस्य र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको अवस्थामा यस योजनाले केही हदसम्म आर्थिक टेवा पु¥याउने अपेक्षाका साथ यो कार्यक्रम ल्याइएको सहकारीका व्यवस्थापक सन्तोष गैरेले जनाएको छ ।

सहकारीले आफ्ना सेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च बापत रु तीस हजार र नेपाल सरकारले निर्धारण गरेका घातक रोगहरुमा उपचार खर्च बापत रु दश हजार प्रदान गर्दै ब्यवस्थापक गैरेले मायादेवी अनलाइनलाई बताउनु भयो । सहकारीमा हाल ४ सय ६ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस