४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

थप १ हजार ४५९ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु



काठमाण्डौ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५६ हजार सात सय ८८ पुगेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार तीन सय ७५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ५९ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार ६२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

अब नेपालमा १५ हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार दुई सय ५० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०७७ मंगलबार ००:००  ४ : ३३ बजे