घरेलु तथा साना उद्योग कार्यलय प्रमुख केसीको बिदाइ, बस्याललाई स्वागत


मायादेवी अनलाइन, जितपुर ।

घरेलु तथा साना उद्योग कार्यलय तौलिहवाका प्रमुख राजन केसीलाई बिदाइ गरिएको छ । आज बसेको कपिलवस्तु उद्योग वाणिज्य संघको २९ औं नियमित बैठकमा उद्योगका प्रमुख केसीलाई बिदाई गरिएको हो ।

मंगलबार नै उद्योगका प्रमुख कालिदास बस्याललाई स्वागत गरिएको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय तौलिहवाका प्रमुख राजन केसीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यलयसंग सहकार्य गर्दै अगाडी बढेको वाणिज्य संघको नियमित बैठकले संस्थाका पूर्व कार्यसमिती सदस्य विष्णु पौडेलको आमाको निधनप्रति शोक प्रस्ताव पेश गरेको कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस