५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रदेश ५ का २ सय ४९ जनामा लक्षणसहितको कोरोना



बुटवल ।
प्रदेश ५ मा लक्षणसहितका कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । तीमध्ये २ सय २२ जना कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।

जटिल समस्या भएका २२ जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ ।

मंगलबार ९७ जना संक्रमित थपिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४४ पुगेको छ । संक्रमित मध्ये २ हजार १ सय ७९ जना उपचाररत छन् ।

प्रदेशमा मंगलबार थप १ सय ३१ कोरोना मुक्त भएका छन् । यससँगै प्रदेशमा अहिलेसम्म ६ हजार २ सय २८ जना संक्रमीत कोरोनाबाट मुक्त भएका छन् ।

यसैबीच, रुपन्देहीमा २६ महिला र ३२ पुरुष गरेर पछिल्लो २४ घण्टामा ५८ नयाँ संक्रमित थपिएका छन् । कूल १ हजार ८ सय २१ संक्रमित रहेको जिल्लामा कोरोनाबाट ८ सय ३९ जना निको भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७ बुधबार ००:००  ८ : ५० बजे